मनोरञ्जन

दर्शकसँग विवाहाको समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु :अभिनेत्री केकी अधिकारी

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहिबार रोहित तिवारीसँग विवाहा भएको हो ।

रोहितसँगको विवाहको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै उनले आजबाट जीवनको नयाँ अध्याय सुरु भएको बताएकी छन् । उनले कलाकारको रुपमा आजको दिनसम्म माया, सद्भाव र समर्थन दिएको प्रति सबैमा हार्दिक आभार समेत प्रकट गरेकी छन् ।

कलाकारको रुपमा मेरो हरेक उतार चढापको साक्षी बन्नु भएकोमा मेरो प्रिय दर्शकसँग विवाह समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु’ उनले अगाडि लेखेकी छन् ‘जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहार स्वरुप आर्शिवादको अपेक्षा गरेका छौं ।’ उनले सबैको माया, साथ र सद्भाव सधै कायम रहने विश्वास समेत राखेकी छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button