headlines

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु,६ जना घाइते

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

दुर्घटनामा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर दाला, ४५ वर्षीय हिरा दाला, २५ वर्षीय शर्मिला सारु, ६(७ महिनाको नाम नखुलेको बालक र वडा नं १४ का ६५ वर्षीय कुल कुमारी कनौजेको मृत्यु भएको हो ।

घाइते हुनेमा वालिङ नगरपालिका १२ डाडाखर्क बस्ने ६० वर्षीय अंग बहादुर दाला, ५५ वर्षीय माया कुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नविना सारु, १९ वर्षीय लक्ष्मी दाला र सवारी चालक ६० वर्षीय दल बहादुर थापा रहेको प्रहरीले बताएको छ ।

वालिङ नगरपालिका १२ डाँडाखर्कबाट थुपपोखरा आउदैँ गरेको ग १ ज ७३९९ नम्बर जीप आज बिहान अन्दाजी १० बजे दुर्घटना भएको थियो ।

घाइते सबैको अवस्था सिरियस रहेको र सबैको थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जीप सडकदेखि अन्दाजी २०० मिटर तल खसेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button