साँधुमुख पार्कमा सार्वजनिक शौचालय तथा ब्यायामशाला शिलान्यास

साँधुमुख वातावरण मैत्री बिकास उपभोक्ता समितिले आज एक कार्यक्रमका बिच साँधुमुख पार्क निमार्ण स्थलमा सार्वजनिक सौचालय तथा ब्यायामशाला शिलान्यास सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा निमार्ण हुन लागेको शौचालय तथा ब्यायामशालाको शिलान्यास प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापाले गरेका थिए ।
सोही कार्यक्रममा साँघुमुख पार्कको लागी जग्गा दान दिनुहुने दानबिर विष्णु कुमार श्रेष्ठलाई दोसल्ला र सम्मान पत्र द्धारा सम्मानित गरिएको थियो ।
संस्थाका अध्यक्ष रोशन मर्हजनको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष रामहरी पौडेलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा बाल्दै पोखरा उधोग बाणिज्य संघका अध्यक्ष नारायण कोइराला, पोखरा वर्डा नं ९ जनप्रतिनिधि राममाया मानन्धर,सल्लाकार बुद्ध गुमाजु , जग्गा दाता विष्णु कुमार श्रेष्ठ , निमार्ण समिति संयोजन इन्द्रकमल मानन्धर लगायतले निमार्णको सफलता साथै त्यसको आवश्यकता र महत्व बारे आ आफ्नो धारणा राखेका थिए । शिलान्यास कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव दिपराज थापाले गरेका थिए ।