समाचार

टाइफाइडविरुद्धको खोप नेपाल आइपुग्यो , ५ वर्षदेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य

नेपालमा २ लाख भायल टाइफाइडविरुद्धको खोप भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कतार एयरवेजमार्फत २ लाख भायल खोप भित्रिएको हो । यूनीसेफ गाभी फण्डअन्तर्गत् खोप नेपाल भित्रिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले देशैभर एकै चरणमा टाइफाइडविरुद्ध बालबालिकालाई खोप अभियान सुरु गरेको छ । खोप लगाउन छुटेका बालबालिकालाई अभियानपछि नियमित खोपमा टाइफाइड खोप लगाउने गरी अभियान सुरु गरेको हो ।

चैत्र २५ गतेदेखि ०७९ वैशाख १८ गतेसम्म टाइफाइड रोगविरुद्धको खोपअभियान तालिका तय गरिएको छ । ५ वर्षदेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button