समाचार

कास्कीका ९ वटा तालको मापदण्ड निर्धारण

पोखरा महानगरपालिकाले फेवातालसहित ९ वटा तालको मापदण्ड तोकेको छ । महानगरको कार्यपालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर कायम गरेको हो ।

मापदण्ड तोक्नका लागि वडा नम्बर–१७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले दिएको सुझावका आधारमा मापदण्ड तोकिएको महानगरले जनाएको छ ।

यस्तै, बेगनास र रुपातालको मापण्दड ५५ मिटर कायम गरिएको छ । सरकारले यी तालहको मापदण्ड १ सय मिटर तोकेको थियो । तर स्थानीयलाई असर पर्ने भन्दै ५५ मिटरमा झारिएको हो । अरु साना तालको मापदण्ड भने २० मिटर कायम गरिएको छ ।
मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button