विश्व

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन् ।

ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए ।

दुर्घटना मङ्गलबार साँझ भएको थियो भने उद्धार कार्य रातभर जारी रहेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button