headlines

पोखराको सभागृहचोकमा ट्रकको ठक्करबाट एक छात्राको ज्यान गयो, एक जना घाइते

पोखराको सभागृहचोकमा आज बिहान मालबाहक ट्रकले किच्दा एक छात्राको ज्यान गएको छ । एक जना घाइते भएकी छिन् ।

बिहान करिब ६ बजेको समयमा भएको दुर्घटनामा पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

डिएसपी तिवारीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी अञ्जनालाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटरको पछाडि सवार घले चोक निवासी १८ वर्षीया मिना गुरुङ घाइते भएको डिएसपी तिवारीले उल्लेख गर्नुभयो । घाइते गुरुङको अवस्था सामान्य छ ।ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनामा ज्यान गुमाएकी पाइजा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button