समाचार

पत्रकार महासंघको स्थापना दिवस, आले सम्मानित

नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस कास्कीमा मनाइएको छ ।स्थापना दिवस संगै महामारीमा पत्रकारीता विषयमा अन्तरक्रिया तथा प्रस्तुती राखिएको थियो ।
सोही अवसरमा प्रदेश सांसद मिना गुरुङद्धारा स्थापना गरिएको मिना र्सिजनशील समावेशी पत्रकारीता पुस्कार पोखराका पत्रकार रविना आलेलाई प्रदान गरीएको छ ।

आलेलाई प्रदेश सुचना मन्त्री विन्दु कुमार थापाले सम्मान गर्दै आम मिडियामैत्री र समाचार क्षेत्रको विकासमा आफुले सधै सहयोग गर्ने बताए । महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा मुख्य न्यायधिबक्त्ता रोहित राज वास्तोला, प्रदेश सांसद मिना गुरुङ, प्रतिभा छनोट संयोजक कुशुम केशव पराजुली , केद्रीय सदस्य त्रिभुवन पौडेल , उपाध्यक्ष राम प्रसाद तिमिल्सेना , कार्यपत्र प्रस्तुती सन्तोष पोखरेल , माधव बाराल , लगायतले आ आफ्नो धाराणा राखेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button