मनोरञ्जन

भारतीय फिल्म ‘आरआरआर’ को नयाँ रेकर्ड कायम

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । विश्वभरबाट पाँच सय करोड कमाउँदै फिल्मले नयाँ रेकर्ड कायम गरेको हो ।

एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट तीन दिनमा पाँच सय करोड भारू कमाइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै दुई सय करोड भारूभन्दा बढीको व्यापार गरेको थियो ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, हिन्दी संस्करणमा आरआरआरले पहिलो दिन १९ करोड भारू कमाएको थियो । पछि यसको कमाइ बढ्दै हालसम्म साढे ९१ करोड कमाइसकेको छ।

‘बाहुबली’ बाट राम्रो चर्चा कमाएका निर्देशक राजामौलीको नयाँ फिल्म आरआरआर हालसम्मकै महँगो बलिउड फिल्म हो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button