समाचार

जाल्पादेवी तायःमचामा जुद्दमान

पोखरामा रहेका नेवार समुदायको संयुक्त संस्था जाल्पादेवी तायः मचाको दशौ अधिवेशनले जुद्दमान जोशीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्व कुमार विजुक्छे, सचिव भगवान विजुक्छे, कोषाध्यक्ष अशोक श्रेष्ठ, सदस्यहरुमा जिवन श्रेष्ठ, केदार कुँवर, राजकुमार ठुसाजु, राजेन्द्र जोशी, श्रवणलाल जोशी, राजेन्द्र श्रेष्ठ, श्रीप्रसाद श्रेष्ठ रहेका छन् ।
त्यस्तै महिला मिसा पुचको अध्यक्षमा सविना विजुक्छे, उपाध्यक्ष इन्द्र श्रेष्ठ, सचिव सजना विजुक्छे, कोषाध्यक्ष विन्धवरी श्रेष्ठ र सहसचिवमा सङ्गिता बाटाजु चयन हुनुभएको छ भने युवापुचातर्फ अध्यक्षमा राजिव श्रेष्ठ, उपाध्यक्ष संजय श्रेष्ठ, सचिव इरोन श्रेष्ठ, कोषाध्यक्षमा कृस ठुसाजु रहेका रहेका छन् ।
सो अधिवेशनको शुभारम्भ गर्दै गण्डकी प्रदेश शिक्षा संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जातीय पहिचान, सद्भावका लागी नेवार समुदाय एक हुनुपर्ने बताउनुभयो । मन्त्रीद्वारा समितिको विविध क्षेत्रमा सहयोग गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले स्थानीय स्तरमा रहेका सबै समुदायको विकासमा वडा सकारात्मक रहेको बताउनुभयो । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार संस्कृति जगेर्नामा आम नेवार समुदाय लाग्नुपर्ने बताउनुभयो ।
सृजना विकास केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर थापाले जातीय सद्भाव कायम गराउन नेवार समुदायको संस्कृति महत्वपूर्ण रहेको बताउनुभयो । समितिका अध्यक्ष कृष्णमान ठुसाजुको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार विरेन्द्रनारायण विजुक्छे, संस्कृतकर्मी अष्ठमान प्रधानाङ्ग, पूर्व अध्यक्ष शुसिल विजुक्छे, नेवा मिसा पुचका अध्यक्ष सङ्गिता बज्राचार्य, उपाध्यक्ष सविना विजुक्छे लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । समितिका उपाध्यक्ष जुद्दमान जोशी, सचिव विश्वकुमार विजुक्छे, कोषाध्यक्ष राजिव खिचाजुबाट संस्थागत प्रतिवेदन राखिएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button