मनोरञ्जन

मेलिना राईको नयाँ गीत ‘मन मनै त हो’ म्युजिक भिडियो सार्वजनिक

गायिका मेलिना राईको स्वरको नयाँ गीत ‘मन मनै त हो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको शब्दहरु अर्जुन रत्न भिखारीले रचना गरेका हुन । गीतमा संगीतकार सुनिल मास्केको संगीत निर्देशन छ ।

गीतको भिडियो बेलायतमा छायांकन गरिएको छ । भिडियोमा लण्डनका विभिन्न रमणीय दृश्य समेटिएको छ ।अभिनेता ध्रुव दत्त तथा मोडल अमिका महतले अभिनय गरेका छन् ।

म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा कलाकारहरु ध्रुव दत्त र अमिका क्षेत्रीले आ–आफ्नो अनुभव सुनाएका थिए ।

पहिलो पटक म्यूजिक भिडियोमा अभिनय गरेकी अमिका नाट्यकर्मी स्वर्गीय जीतेन्द्र महत अभिलाषीकी सुपुत्री हुन् । कुशल श्रेष्ठ भिडियोका छायांकार, तथा सम्पादक हुन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button