समाचार

निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन सक्दैनः नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलहरुका बीचमा हुने निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताउनुभएको छ ।

राजनीतिशास्त्री समाजद्वारा आज काठमाडौँको पिके क्याम्पसमा आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताउनुभएको हो ।

“निर्वाचनमुखी गठबन्धनले चुनाव जिताउन मात्रै काम गर्छ । यसले देशलाई उपलब्धि दिन सक्दैन’’, उहाँले भन्नुभयो, “जनताको जीविकोपार्जनसम्बन्धी साझा एजेण्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक छ ।” लोकतान्त्रिक विचार, समाजवाद प्राप्ति र जनताका साझा एजेण्डा निर्माण गर्ने गठबन्धन अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button