समाचार

नेपाली लेखक संघ कास्कीद्धारा लेखक कृति पुरस्कार अर्पण

कमल पौडेल अथक
पोखरा ६, चैत
==============
नेपाली लेखक संघ कास्कीद्धारा स्थापित लेखक कृति पुरस्कार २०७७ बाट महाभारतमा के छ ? कृतिका लेखक डा मतिप्रसाद ढकाल पुरस्कृत भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा नवलपरासीका ढकाललाई संघले नगद २५ हजार, सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो ।
गण्डकी प्रदेशमा गतसाल प्रकाशित कृतिहरु मध्येवाट सो कृति छनौट गरिएको हो । कृति छनौट समितिको संयोजकमा डा ईश्वरमणि अधिकारी, सदस्यमा साहित्यकार दीपक समीप, निवर्तमान उपाध्यक्ष रीता कँडेल, संस्थाका अध्यक्ष संञ्जीव पौडेल र सचिव कमल पौडेल अथक पदेन सदस्य रहेका थिए ।
यस्तै संघले पोखराका पुराना पत्रकार केशवराज पराजुलीलाई दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरेको छ । सोही कार्यक्रममा संस्थाका आजिवन सदस्य ईश्वरमणि अधिकारी र भूभिराज वस्ताकोटीलाई विद्यावारिधी गरे बापत दोसल्ला ओढाएर सम्मान गरेको छ ।
पुरस्कार तथा सम्मान अर्पण गर्दै नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव एव कवि तीर्थ श्रेष्ठले व्यक्तिको आनीवानी र उसको सिर्जनामा तालमेल मिलेमा मात्र उत्कृष्ट सिर्जना हुन सक्ने वताए । उनले पछिल्लो समयमा साहित्यीक दरिद्रता वढ्दै गएको वताउँदै यसले सिर्जनामा लाग्नेहरुमा निराशा पैदा गराएको वताए ।
संघका अध्यक्ष संजीव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव डा रत्नमणि नेपाल, पुरस्कार छनौट समितिका संयोजक डा इश्वरमणि अधिकारी, पुरस्कृत व्यक्तित्व डा मतिप्रसाद ढकाल, सम्मानित व्यक्तित्व केशवराज पराजुली, संघका निवर्तमान अध्यक्ष गणेश शर्मा, उपाध्यक्ष रीता अधिकारी र सचिव कमल पौडेल अथकले वोलेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button