समाचार

सञ्चय बहुउद्देश्यीय सहकारीको रक्तदान,२७ पोईन्ट रगत संकलन

रक्तदान जिवनदान हो भन्ने सन्देश प्रबाह गर्ने उद्देश्यले सञ्चय बहुउद्देश्यीय सहकारीले संस्थाकाे वर्षिकोत्सवकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष श्री सावित्रा कोईरालाकाे प्रमुख आतित्थ्यता तथा सहकारीका का.बा.अध्यक्ष गणेश बहादुर थापाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा २७ पोईन्ट रगत संकलन भएको थियो ।
कार्यक्रम सफल बनाउन कोषाध्यक्ष राधाकृष्ण घिमिरेको संयोजकत्वमा एक खुल्ला रक्तदान संयोजन समिति गठन गरिएको थियो । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत समय समयमा यस्ता कार्यक्रम गर्दै आएको सन्दर्भमा संस्थाका कार्यसमितिका सदस्य कृष्ण श्रेष्ठले सहकारीको सात सिद्वान्त बाचन गर्नु गरेका थिए भने, संस्थाका व्यवस्थापक दिपा श्रेष्ठले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा डि.पि अधिकारी, नेत्रनारायण सुवेदी, यज्ञराज शर्माले संस्थाको स्थापना दिवसको बारेमा प्रकास पारेका थिए भने संस्थाका सचिव नवराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button