समाचार

विश्व मिर्गौला दिवसमा रोटरी क्लब अफ पोखरा लेकसाइडकाे निःशुल्क मिर्गौला परीक्षण

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले हरेक व्यक्तिले आफ्नो मृगौला स्वस्थ राख्न खानपिनमा बिषेश ध्यान दिनैपर्ने बताएका छन्।

विश्व मिर्गौला दिवसको अवसरमा रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखराको मुस्ताङचोकस्थित किड्नी केयर सेन्टर निर्माणस्थलमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम सम्पन्न गरेकाे छ।

निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको उद्घाटन गर्दैै गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले हरेक व्यक्तिले आफ्नो मृगौला स्वस्थ राख्न खानपिनमा बिषेश ध्यान दिनुपर्ने बताए

आफ्नै लापरवाहीले विभिन्न रोगका कारण हाम्रो अकालमै मृत्यु वरण गर्नुपर्ने अबस्था रहेको छ ।” सोच, मनोविज्ञान र मानसिकतालाई परिवर्तन गर्नुपर्ने अबस्था रहेको मन्त्री बरालले जनाए ।

मृगौला फेर्न वा डाइलोसिस गर्न निकै खर्चिलो हुने हुदा धेरै नेपालीलाई समस्या पार्ने गरेको उनले बताए । नेपालमा पनि मृगौलाका रोगीहरुको विकराल अबस्था रहेको उल्लेख गर्दै मन्त्री बरालले यस डाइलोसिस सेन्टर सहित निःशुल्क सेवा दिने उद्धेश्यले स्थापना हुने उक्त सेन्टर स्थापनामा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जनाए।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button