headlines

झण्डै दुई घण्टा लगाएर भवन अगाडि राखिएको शंकास्पद वस्तु डिस्पोज

संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।

एमसीसीको विरोधमा विभिन्न साना ८ कम्युनिस्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन् । सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button