headlines

माओवादी संसदीय दलको बैठकमा व्याख्यात्मक टिप्पणीबारे छलफल

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा एमसिसी सम्झौता अनुमोदनका सन्दर्भमा तयार भएको व्याख्यात्मक टिप्पणीका बारेमा छलफल भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले व्याख्यात्मक टिप्पणीको मस्यौदा वाचन गरेर सुनाउनुभएको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो मस्यौदाको व्याख्या गर्नुभएको सांसद सुदन किराँतीले जानकारी दिनुभयो । व्याख्यात्मक टिप्पणीलाई मन्त्रिपरिषद् बैठकले पारित गरेपछि टिप्पणीसहितको सम्झौता अनुमोदन गर्नेमा पार्टीभित्र एकमत रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठन भएको वर्तमान गठबन्धनलाई कायम राख्न व्याख्यात्मक टिप्पणीलाई एमसिसी सम्झौताको अङ्ग मानेर संसद्मा टेबल भएको सम्झौतालाई अनुमोदन गर्नुपर्ने बताउनुभएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button