headlines

एमसिसी पेशपछि बानेश्वर तनावग्रस्त,फागुन १२ गतेसम्म बैठक स्थगित

अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसद्‍मा टेबल भएपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

एमसिसीको विरोधमा उत्रिएकाहरू र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहसहित १५ घाइते भएका छन् । घाइतेको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ ।

आजको संसद् बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस गरेका छन् । त्यस लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button