मनोरञ्जन
प्रमोद र रुक्सानाको यूगल गीत ‘नोगेन‘ यूट्युब ट्रेन्डिङको पहिलो स्थानमा

गायक प्रमोद खरेल तथा बाल गायिका रुक्साना लिम्बुको नयाँ यूगल गीत ‘नोगेन’ दर्शक तथा स्रोतामाझ लोकप्रिय भएको छ ।
गायक खरेलको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दुई दिनमै यूट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुग्न सफल भएको छ ।
गायिका लिम्बु पहिलो संस्करणको द भ्वाइस किड्स नेपालकी फाइनलिस्ट हुन् । गायनमा आधारित यो रियालिटी शोमा गायिका लिम्बु कोच प्रमोदकै टिममा थिइन् । उनलाई गायक खरेलले नै प्रशिक्षण दिएका हुन् ।
उक्त गीतमा महेश खड्को शब्द तथा संगीत सुन्न सकिन्छ । विशाल निरौला यो गीतका संगीत संयोजक हुन् । भिडियोमा गायक खरेल तथा गायिका लिम्बुलै फिचर्ड छन् ।