मनोरञ्जन
सुरिलो स्वरकी धनी गायिका लता मंगेशकरको निधन

भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान उनको उपचारकै क्रममा भारतको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।
लता मंगेशकरले केही नेपाली गीतहरुमा समेत स्वर दिएकी छिन् । नेपाली फिल्म माईतीघरको ‘ जुन माटोमा मेरो’ गीतमा उनको स्वर सुन्न सकिन्छ भने पूर्व राजा महेन्द्रको शब्दको ‘आकाशका तिरमिरे तारा’ मा पनि उनले स्वर दिएकी छिन् ।
यद्यपि, १० वर्षअघि गायक रामकृष्ण ढकालसंग उनले यूगल गायन गरेको गीत ‘बाँचुञ्जेलीलाई’ अत्यन्त लोकप्रिय भयो ।