headlines

तुवाँलोका कारण बिहानैदेखि हवाई उडान ठप्प, ल्यान्ड गर्न नसकेर आकाशमै होल्ड

बाक्लो तुवाँलोका कारण बिहानैदेखि हवाई उडान ठप्प भएको छ।
विहान ६ः३० बजे देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी नपुग्दा हुँदा उडान हुन सकेको छैन । यस्तै विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय विमान पनि ल्यान्ड गर्न नसकेर आकाशमै फन्को मारिरहेका छन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ

पश्चिमी वायुको प्रभावका कारण विहीबार विहानै देखि मौसममा खराबी आएपछि देशैभरका ३५ वटै विमानस्थलमा उडान ठप्प रहेको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पहाडी क्षेत्रका केही विमानस्थल खुलेपनि तराई क्षेत्रका विमानस्थल खुल्न सकेको छैन ।

आजका लागि एक सय १२ वटा नियमित उडान तोकिएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button