खेलकुद

मरिससविरुद्ध आज हुने खेलमा नेपाली टोलीमा दुई परिवर्तन

अफ्रिकी राष्ट्र माेरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । आज हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।

अल्मुताईरीले डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थीको ठाउँमा युवा खेलाडी मनिष डाँगी र दर्शन गुरुङलाई ठाउँ दिएका छन् ।

मैत्रीपूर्ण खेलकाे आज हुने अन्तिम खेलमा नेपाल दोस्रो जितको खोजीमा रहनेछ भने माेरिसस पहिलो जितका लागि मैदान उत्रदैछ ।दशरथ रंगशालामा हुने खेल ४ः४५ बजे बाट सुरु हुनेछ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button