headlines
कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मोर्डना खोप नेपाल आइपुग्यो
कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको छ ।
हिजो बेलुकी र आज बिहान गरी २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप सरकारले खरिद गरेको हो । हाल सो खोपलाई टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा राखिने र एक दुई दिनमा नै प्रदेशहरूमा पठाइने खोप व्यवस्थापन महाशाखाले जनाएको छ । यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ।
सरकारले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरू पनि ल्याउँदैछ । कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढिसकेको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले जानकारी दिइन् ।