समाचार

श्रमिकमा संक्रमण देखिएका कारण रोकियो इजरायल जाने उडान

इजरायल जाने श्रमिकको उडान एक साता रोकिएको छ । इजरायल जान तयार भएका र इजरायल पुगेका श्रमिकमा संक्रमण देखिएका कारण अर्को उडान एक साता पछि सारिएको इजरायल शाखा प्रमुख डम्बर सुनुवारले बताए ।

हाल पोजेटिभ रिपोर्ट आएर आइसोलेसनमा बसेका श्रमिकले घर पायक पर्ने स्वास्थ्य संस्थामा पिसिआर परीक्षण गरेर त्यसको जानकारी वैदेशिक रोजगार विभागमा दिएपछि बाँकी प्रक्रिया हुने छ । जानकारीका आधारमा उडान तालिकाबारे निर्णय गर्ने सुनुवारले बताए ।

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि अन्तिम छनोटमा परेकामध्ये २१९ जना इजरायल पुगिसकेका छन् । उनीहरूमध्ये २० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको सुनुवारले जानकारी दिए ।

इजरायल सरकारले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो । जसमा सरकारले १ हजार १७५ जनालाई छनोट गरेको थियो । तीमध्ये दुई चरण गरी २१९ जना इजरायल पुगिसकेका छन् । त्यस्तै‚ गरी ३०५ जनाको भिसा जारी भएको छ । यसैगरी ९९५ जना युवाले इजरायलका विभिन्न रोजगारदातासँग रोजगार सम्झौता गरिसकेको विभागले जनाएको छ ।

लामो समय रोकिएर सुरु भएको इजरायल रोजगारीमा जाने बाटो खुला भएको छ । इजरायल जाने श्रमिकलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले विमानस्थलमा बिदाइ गरेको थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button