headlines

कास्कीका युवक महिलालाई ब्ल्याकमेल गरेको आरोपमा पक्राउ

कास्कीका एक युवक महिलालाई सामाजिक संजालमार्फत ब्ल्याकमेल गरेको आरोपमा विदेशबाट फर्कदै गर्दा काठमाण्डौं अन्तरराष्ट्रीय विमानस्थलमा शुक्रबार पक्राउ परेका छन् ।

रुपा ७ सिस्नरीका ३१ वर्षीय मुक्तिनाथ खनाल भन्ने मुक्ति खनाल बैदेशिक रोजगारीबाट फर्कने क्रममा पक्राउ परेका हुन् । नेपाल प्रहरीका अनुसार बैदेशिक रोजगारीमा रहँदा खनालले सामाजिक संजाल फेसबुकमा साथी बनेर फेसबुक म्यासेनजरमा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी नग्न तस्वीर र भिडीयो प्राप्त गरी श्रीमान् लगायत आफन्तजनलाई सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गरेको आरोप छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button