मनोरञ्जन

दुई वर्षपछि फिल्मको छायांकनमा फर्किइन् अभिनेत्री वर्षा

अभिनेत्री वर्षा राउतले नयाँ फिल्म साइन गर्न झन्डै एक वर्ष लगाइन् । विवाह गरेपछि फिल्म पाउन छाडेको चर्चा समेत चल्यो । यसपछि भने उनले २०७६ सालमा ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ फिल्म साइन गरेकी थिइन् । उनले त्यही वर्षको फागुनमा ‘दुई नम्बरी’ को सुटिङ पनि सुरु गरिन् । तर, छायांकनकै क्रममा कोरोनाका कारण देश लकडाउन भयो ।

उनले साइन गरेको अर्को फिल्म ‘के घर के डेरा’ को छायांकन पनि अन्योल छ । पहिलो र दोस्रो चरणको लकडाउनपछि अरु अभिनेत्रीहरुले लगातार फिल्ममा काम गरिरहँदा वर्षाले भने फिल्मको छायांकन गर्न पाइनन् । यो समयमा उनी म्यूजिक भिडियोमै बढी देखिइन् ।

‘दुई नम्बरी’ र ‘के घर के डेरा’ को छायांकन सुरु हुने अत्तोपत्तो नभएपछि वर्षाले गत पुषमा फिल्म ‘लाखे’ साइन गरिन् । तर, उनले फिल्म साइन गरे लगत्तै कोरोनाको तेस्रो लहर सुरु भयो । जसले गर्दा यो फिल्मको छायांकन पनि अन्योल बनेको थियो । तर, महामारीका बीच ‘लाखे’ को पुष अन्तिमबाट सुटिङ सुरु भएको छ । वर्षा दुई वर्षपछि वर्षा फिल्मको छायांकनमा फर्किएकी छन् ।

कोरोना महामारीका कारण दुई यूनिट बनाएर सुटिङ भइरहेको फिल्ममा वर्षासँगै सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी लगायतको पनि अभिनय छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button