headlines

मेरो अभिव्‍यक्ति हिंसा लक्षित थिएन, भ्रम छर्न बंग्याएर व्याख्या गरियो, मन्त्री यादवको ध्यानाकर्षण

आफूले रौतहटको गौरमा बोलेको अभिव्‍यक्तिप्रति सर्वत्र आलोचना बढ्दै गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित गरेर हिंसा मच्चाउने नभएको प्रष्ट पारेकी छन्। उनले सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्तिलाई सामान्य रूपमा लिइदिन अनुरोधसमेत गरेकी छन्।

प्रत्येक वर्ष माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाइँदै आएको हुनाले सोही क्रममा आफूले रौतहटको गौरमा सभा गरेको उनले बताएकी छन्।

यादवको वक्तव्यमा भनिएको छ, ‘त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन दिएको अभिव्यक्तिलाई पछिल्लो समय पूर्वाग्रहणपूर्ण ढंगले आ९आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button