प्रवास

अमेरिकामा हिमानी शाहले गरिन् हिमानी ट्रस्टकाे उद्घाटन

पूर्व राजपरिवारको संलग्नतामा नेपालमा सामाजिक कार्यका लागि स्थापना गरिएको ‘हिमानी ट्रस्ट’ अमेरिकामा पनि विस्तार गरिएको छ । पूर्व युवराज्ञी हिमानी शाहले हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन गरेकी हुन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यस्थित लिजबर्ग शहरमा आयोजित कार्यक्रममा हिमानी ट्रष्ट युएसएको उद्घाटन गरिएको हो । समारोहमा पूर्व युवराज्ञी हिमानी शाहले आफ्नो संस्था र यसको सेरोफेरोमा चर्चा गरेकी थिइन् ।

उक्त समारोहमा हिमानी ट्रस्ट युएसएका विभिन्न शाखाका पदाधिकारी, स्थानीय सामाजिक अभियन्ता, विदेशी पाहुना उपस्थित थिए । समारोहमा नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाइएको थियो । समारोहमा हिमानी ट्रस्ट युएसएका महासचिव आनन्दु लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विदेशी पाहुनाहरुले मन्तव्य राख्दै हिमानी शाह र उनकै नेतृत्वमा खोलिएको हिमानी ट्रस्टले सामाजिक सेवामा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button