मनोरञ्जन

अभिनेत्री रेखा थापा विवाहको तयारीमा

मित्रपार्कको एक अपार्टमेन्टमा बस्दै आएकी रेखा पछिल्लो समय अभिनयभन्दा राजनीतिमा बढी सक्रिय छिन् । गत महिना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी उनी कोरोना महामारीभन्दा अगाडि नयाँ फिल्म निर्माणको तयारीमा थिइन् । तर, संक्रमण निर्मुल नहुँदा उनले फिल्म निर्माण गर्ने हिम्मत गर्न सकेकी छैनन् ।

यतिबेला उनको विवाहको चर्चा चलिरहेको छ । उनले केही समययता विभिन्न अन्तर्वार्तामा २०७९ सालमा आफूले विवाह गर्ने सोच बनाएको बताउँदै आएकी छन् । प्राप्त जानकारी अनुसार, उनी आउँदो नयाँ वर्ष ९बैशाख० मा विवाह गर्ने तयारीमा छिन् । रेखा थापा केही समयदेखि एक युवकको प्रेममा रहेको र ती युवक विदेशमा बस्दै आएको स्रोतले बताएको छ ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा रेखाले आफ्नो लभ र एरेन्ज दुवै हुनसक्ने बताउँदै तामझामसँग विवाह नगर्ने बताएकी थिइन् । आफू साधारण मानिस भएकाले तामझामसँग विवाह गर्दा विवाह गर्न चाहने युवतीहरुमा नकारात्मक प्रभाव पर्ने हुनाले साधारण तरिकाले बिहे गर्ने उनको भनाई थियो । बुझिए अनुसार, बैशाखको विवाहका लागि रेखाको परिवारले तयारी सुरु गरिसकेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button