headlines

आहा–रारा गोल्डकपको खेल तालिका सार्वजनिक, खेल हेर्ने खोप कार्ड अनिवार्य

पाेखरा ४ माघ ।
आहा–रारा गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनीक गरिएको खेल तालिका अनुसार माघ ६ गते बाट प्रतियोगिता सुरु हुनेछ ।

खेलकाे पहिलो संस्करण देखि नै मुख्य प्रायोजक हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको आहा–रारा गोल्डकपको उद्घाटन खेल सहारा क्लब पोखरा र एपीएफ बिच हुने भएकाे छ । प्रतियोगितामा दस टोलीको सहभागीता रहेको आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा विजयी टोलीलाई नगद रु.१० लाख १ हजार तथा दोश्रो पुरस्कारको रुपमा रु.५ लाख १ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजक सहारा क्लबले जनाएको छ ।

खेल हेर्ने दर्शकका लागि काेराेना बिरूद्दकाे खोप कार्ड अनिवार्य गरिएको बताइएको छ । माघ १५ गतेसम्म पोखरा रंगशालामा संचालन हुने खेलहरू Galaxy 4K टेलिभिजनमा प्रत्येक्ष प्रसारण गरिने छ।

तस्विरः सहारा पोखरा क्लब

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button