खेलकुद
जोकोविचले हारे मुद्दा, अस्ट्रेलियाबाट निष्काशन गरिने

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविच अस्ट्रेलियाबाट निष्काशनमा पर्ने भएका छन्। अस्ट्रेलिया सरकारले उनको भिसा रद्द गरेको थियो, त्यसविरुद्ध जोकोविचले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले जोकोविचको विपक्षमा फैसला गरेको हो।
कोरोना भाइरसविरुद्धको खोप नलाएका जोकोविचको भिसा अस्ट्रेलिया सरकारले स्वास्थ्य मापदण्डका आधारमा रद्द गरेको थियो। अदालतको फैसलासँगै ३४ वर्षका जोकोविचको अस्ट्रेलियन ओपन टेनिसको उपाधि रक्षा गर्ने र कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधि जित्ने सपना टुटेको छ। अदालतको आदेशबाट जोकोविच निराश भएको तर फैसला स्वीकार गर्ने बताइएको छ।