प्रवास

देश बाहिर ८८ प्रतिशत नेपालीले लगाए पूर्ण खोप

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट बच्न नेपाल बाहिर बसोबास गर्ने नेपाली मध्ये ८८ प्रतिशत भन्दा बढीले कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लिएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा रहेका बस्ने ८८ प्रतिशत भन्दा बढी नेपालीहरूले खोपको पूर्ण डोज पाएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतमा रहेका नेपालीले खोप लिएका छन् ।

तर भारत, बंगलादेश जस्ता देशहरूमा भने ७० प्रतिशत भन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाएका छन्।

न्यूनतम खोप उपलब्ध भएका देशहरु देशहरूमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको ३० प्रतिशत भन्दा कम जनसंख्याले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button