कोरोना भाइरस
नेपालमा एकैदिन थपिए २ हजार ४४४ संक्रमित

नेपालमा धेरै समयपछि एकैदिन २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। मंगलबार देशभर ९ हजार ५ सय २२ जना कोरोनाका संक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। यस्तै ३१३ जना संक्रमणबाट मुक्त भएका छन्।