देश

जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

काठमाडौं, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२१ जनसेवा लगन डेरा गरी बस्ने भारत सितामणी घर भएका ४५ वर्षीय मोहमद सहिमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई सहिमले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासात महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Back to top button